
लण्डन । बेलायतका नयाँ अर्थमन्त्री जेरेमी हन्टले उनका पूर्ववर्ती अर्थमन्त्रीले घोषणा गरेका अधिकांश आर्थिक नीति खारेज गरेका छन् ।
सोमबार बिहान गरिएको सार्वजनिक घोषणामा उनले उर्जाको नियन्त्रित मूल्य र आयकरका बारेमा सर्वसाधारणलाई प्रभाव पर्ने नीतिगत परिवर्तन गरेका छन् ।
उनले यसअघिका अर्थ मन्त्री क्वाजी क्वाटेङले घोषणा गरेको आधारभूत आयकर २० प्रतिशतबाट १९ प्रतिशतमा झार्ने नीति खारेज भएको बताएका छन् । सो नीति आगामी आर्थिक वर्ष अप्रिल १ बाट लागू हुनेवाला थियो ।
यस्तै, बढ्दो उर्जाको मूल्यबाट जनतालाई राहत दिन वार्षिक २ हजार ५०० पाउण्डमा सीमित गरिएको उर्जाको मूल्य पनि अप्रिल १ सम्म मात्र कायम गरिने उनले बताए । त्यसपछि जनततालाई कसरी राहत दिन सकिन्छ र सापटी नलिई कसरी अर्थतन्त्र चलाउन सकिन्छ भन्ने बारेमा पुनरावलोकन गरिने उनले बताएका छन् । यसअघि वर्तमान प्रधानमन्त्री लिज ट्रसले आफू पदमा आउनासाथ दुई वर्षका लागि उर्जाको मूल्य २ हजार ५०० पाउण्ड कायम रहने बताएकी थिइन् ।
यसअघि नै कर्पोरेसन ट्याक्स र बढी कमाइ हुनेहरुका लागि घटाइएको आय करको दर सरकारले फिर्ता गरिसकेको छ । अब भने पुराना अर्थमन्त्रीले घोषणा गरेकामध्ये हेल्थ एण्ड सोसल केयर लेभी हटाउने र प्रोपर्टी खरिदमा स्ट्याम्प ड्यूटी छुट दिनेबाहेक सबै नीति खारेज गरिएको छ ।
बेलायतमा व्यक्ति परिवर्तन भए पनि नीति कायम रहन्छ भन्ने मान्यता रहे पनि अहिले एउटै पार्टीको सरकार भए पनि नीतिहरु छिटोछिटो परिवर्तन भइरहेका छन् ।
खासगरी बेलायती मुद्राको अवमूल्यन र बजारमा देखिएको अस्थिरता पछि बेलायती सरकार ठूलो दबाब परेको थियो ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान