
लण्डन । कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्तका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन/चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति बजारमा ल्याएका छन् ।
आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले ‘मानव सभ्यताको दर्पण’का रूपमा व्याख्या गरेका छन् । पुस्तकमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन् ।
‘युद्ध सौन्दर्य चिन्तन’मा वरिष्ठ साहित्य साधक, चिन्तक तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको विशिष्ट र महत्वपूर्ण भूमिका रहेको छ । ६ सय छपन्न पृष्ठको पुस्तकको मूल्य एक हजार रहेको छ । पुस्तक गोर्खा बुक्सले छापेको हो । युद्ध सौन्दर्यसम्बन्धी खोज, अनुसन्धान र चिन्तन गर्न चाहनेहरूका लागि राईको पुस्तक महत्वपूर्ण सामग्रीका रूपमा आएको छ । पुस्तक रत्न पुस्तक भण्डार र गोदावरी बुक हाउस, बागजबारमा पाइन्छ ।
ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि देश दुखेको छ, सालिक उभिएर गोर्खाली, पोयट इन किलिङ जोन (अङ्ग्रेजी) कवितासङ्ग्रह, सहिदकी आमाको लास, बालुवामा अर्को नेपाल र पल्टनेको फोटो कथासङ्ग्रह प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँग सहलेखनमा नवचेतनाग्रह र डायास्पोरा सिद्वान्तः रचना र समालोचना नामक ग्रन्थ प्रकाशित छन् । ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवा निवृत्त खोटाङका राईले बेलायतको वेल्सलाई कर्मथलो बनाएका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान