
लन्डन । नेपालका मौलिक तयारी खाने कुरा अब बेलायतस्थित नेपाली पसलहरुमा पाइने भएको छ।
बीबीसी मास्टर शेफका उपविजेता शेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएका नेपालको क्वाँटी, मुस्ताङ्गको दाल, आलु बोडी तामा, चनाको दाल र मासको दाल जस्ता तयारी खानेकुरा यसै सातादेखि बेलायतस्थित अधिकांश नेपाली पसल तथा केही भारतीय पसलहरुमा पनि उपलब्ध हुने नेपाल फुड्सले जनाएको छ।
सोमबार ब्रिटिश संसद, हाउस अफ लर्ड्स, मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेफ सन्तोष शाहले नेपाली खानालाई विश्व भरि चिनाउने अभियानकै रुपमा आफूले नेपाली स्वादका रेसिपीहरु तयार गरेको बताए। उनले तयारी चाउचाउ पकाए जस्तै यी खाने कुरा तातो पानीमा डुबाएर सुपको रुपमा, रोटी वा भातसँग पनि खान सकिने बताए। झोल मोमोका लागि मसला र चट्नीहरु बनाउने तर्फ आफूहरुले काम गरिरहेको पनि उनले बताए।
नेपाल फुड्स कम्पनीका ब्रान्ड निर्देशक विकास नेपालले शुरुमा बेलायत निवासी नेपाली समुदायसम्म आफ्ना उत्पादनहरु पुर्याउने र पछि भारतीय समुदायहुँदै युरोप तथा अमेरिका लगायत विश्वभरि नेपाली तयारी खाने कुरा पुर्याउने आफ्नो योजना रहेको बताए । उनले एउटा ब्रिटिश च्यारिटी, फेज वर्ल्डवाइडसंग सहकार्य गरी नेपाल फुड फाउन्डेशन दर्ता गरिएको र हरेक प्याकेट बिक्रीको केही अंश उक्त फाउन्डेशन मार्फत नेपालमा किसान समुदाय र तिनका बालबालिकालाई शिक्षा, प्राथमिक स्वास्थ्य सेवा तथा रोजगारीका अवसर दिलाउन उपलब्ध गराइने जनाए। उक्त अवसरमा फेजका निर्देशक बिल्ली कुरियरले नेपाल फुड्ससँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत, ज्ञानचन्द्र आचार्यले नेपाली खाना, संस्कृति र व्यापार प्रवर्धन गर्ने यो उद्यम सह्राहनीय भएको बताए। ‘नेपाल र बेलायतको व्यापार सीमित छ र हामी त्यो अरु बढोस् भन्ने चाहन्छौं, आचार्यले भने। उनले यी उत्पादनहरुलाई बेलायत मात्रै हैन संसारभरि पुर्याउन शुभकामना पनि दिए। नेपालका किसानहरुलाई लक्षित गरी नयाँ फाउन्डेशन शुरु गरेकोमा पनि उनले खुसी व्यक्त गरे।
‘तताउनोस् र खानोस् (हिट एंड इट)’ नाम दिइएका यी खानेकुराका प्याकेटहरु कोठाको तापक्रममा १८ महिनासम्म राख्न सकिने र बेलायतको सम्बन्धित निकायले अनुगमन गरी गुणस्तर सुनिश्चित गरे पछि मात्रै बजारमा ल्याइएको शेफ सन्तोष शाहले बताएका छन्।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण