
लन्डन । नेपालका मौलिक तयारी खाने कुरा अब बेलायतस्थित नेपाली पसलहरुमा पाइने भएको छ।
बीबीसी मास्टर शेफका उपविजेता शेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएका नेपालको क्वाँटी, मुस्ताङ्गको दाल, आलु बोडी तामा, चनाको दाल र मासको दाल जस्ता तयारी खानेकुरा यसै सातादेखि बेलायतस्थित अधिकांश नेपाली पसल तथा केही भारतीय पसलहरुमा पनि उपलब्ध हुने नेपाल फुड्सले जनाएको छ।
सोमबार ब्रिटिश संसद, हाउस अफ लर्ड्स, मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेफ सन्तोष शाहले नेपाली खानालाई विश्व भरि चिनाउने अभियानकै रुपमा आफूले नेपाली स्वादका रेसिपीहरु तयार गरेको बताए। उनले तयारी चाउचाउ पकाए जस्तै यी खाने कुरा तातो पानीमा डुबाएर सुपको रुपमा, रोटी वा भातसँग पनि खान सकिने बताए। झोल मोमोका लागि मसला र चट्नीहरु बनाउने तर्फ आफूहरुले काम गरिरहेको पनि उनले बताए।
नेपाल फुड्स कम्पनीका ब्रान्ड निर्देशक विकास नेपालले शुरुमा बेलायत निवासी नेपाली समुदायसम्म आफ्ना उत्पादनहरु पुर्याउने र पछि भारतीय समुदायहुँदै युरोप तथा अमेरिका लगायत विश्वभरि नेपाली तयारी खाने कुरा पुर्याउने आफ्नो योजना रहेको बताए । उनले एउटा ब्रिटिश च्यारिटी, फेज वर्ल्डवाइडसंग सहकार्य गरी नेपाल फुड फाउन्डेशन दर्ता गरिएको र हरेक प्याकेट बिक्रीको केही अंश उक्त फाउन्डेशन मार्फत नेपालमा किसान समुदाय र तिनका बालबालिकालाई शिक्षा, प्राथमिक स्वास्थ्य सेवा तथा रोजगारीका अवसर दिलाउन उपलब्ध गराइने जनाए। उक्त अवसरमा फेजका निर्देशक बिल्ली कुरियरले नेपाल फुड्ससँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत, ज्ञानचन्द्र आचार्यले नेपाली खाना, संस्कृति र व्यापार प्रवर्धन गर्ने यो उद्यम सह्राहनीय भएको बताए। ‘नेपाल र बेलायतको व्यापार सीमित छ र हामी त्यो अरु बढोस् भन्ने चाहन्छौं, आचार्यले भने। उनले यी उत्पादनहरुलाई बेलायत मात्रै हैन संसारभरि पुर्याउन शुभकामना पनि दिए। नेपालका किसानहरुलाई लक्षित गरी नयाँ फाउन्डेशन शुरु गरेकोमा पनि उनले खुसी व्यक्त गरे।
‘तताउनोस् र खानोस् (हिट एंड इट)’ नाम दिइएका यी खानेकुराका प्याकेटहरु कोठाको तापक्रममा १८ महिनासम्म राख्न सकिने र बेलायतको सम्बन्धित निकायले अनुगमन गरी गुणस्तर सुनिश्चित गरे पछि मात्रै बजारमा ल्याइएको शेफ सन्तोष शाहले बताएका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान