
लण्डन । प्रवासी नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पूरा गरेको छ ।
१७ अक्टोबरको साँझ ह्यारोस्थिति ब्ल्यू रुममा आयोजना गरिएको सो शुभकामना साँझको सबै तयारी पूरा भएको ओएनएफ युकेका अध्यक्ष तुंगभद्र भुसालले जानकारी दिए ।
२ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले सो कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको थियो ।
शुभकामना साँझमा नेपालीबाट आएका कलाकारहरुका साथै स्थानीय कलाकारको पनि सहभागिता रहने बताइएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना प्रमुख अतिथि रहनुहुनेछ भने बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्य विशेष अतिथिका रुपमा सहभागी हुने जानकारी आयोजकले दिएका छन् ।
उक्त शुभकामना साँझमा बेलायतको नेपाली समुदायका अगुवाहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ