
लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले ९ अक्टोबर आइतबार १० के र २ के (फन रन) आयोजना गरेको छ ।
ब्ल्याक वाटर भ्याली रनर्सको सहकार्य र रसमुर बरो काउन्सिलको विशेष सहयोगमा ती दौड भएका हुन् ।
बिहान १० बजे शुरु भएको १० के रनका लागि ६३७ जनाले नाम दर्ता गराएका थिए । त्यसमा दौड्ने नेपाली भने करिब ७० जना थिए । १० के रन सफल गर्ने लाई मेडल दिइएको थियो भने रजिस्टर गर्नेले टि सर्ट पाएका थिए । त्यसैगरी २ के फन रन गर्नेले पनि मेडल पाएका थिए ।
टेन के रनमा नेपाली सन्देश राईले दोश्रो स्थान जित्न सफल भएका छन् ।
टेन के रन अल्डरसटको क्वीन्स एभिन्यूबाट शुरु भएर बेजिङस्टोक क्यानल, वेष्टले ट्रेल हुंदै अल्डरसट रग्बी स्टेडियममा आएर अन्त्य भएको थियो ।
बिहान १०:१५ बजे शुरु भएको २ के फन रनमा करिब एकसय जना सहभागी भए ।
दौडमा नेपाली समुदायका नेता र धावकहरुको उत्साहजनक उपस्थिति रहेको ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष मान गुरुङले जनाए ।
अध्यक्ष गुरुङले मर्शल्स, बि भी आर रनर, धावकलाई टीसर्ट प्रायोजन गर्ने पिपल मोर्गेज र मार्सलहरुलाई खाना प्रायोजन गर्ने शिव कल्चरल सेन्टरप्रति आभार व्यक्त गरे ।
वर्षेनी हुने दौडमा जीआरएनसीले विशेष भूमिका निर्वाह गर्ने गरेको छ । दौडका माध्यमबाट स्थानीय समुदायसँग अन्तरघुलन र मानिसहरुलाई स्वास्थ्य रहन प्रेरित गर्ने विश्वास अध्यक्ष गुरुङको छ ।
उक्त दौडमा जीआरएनसीका तर्फबाट उपाध्यक्ष उत्तरबहादुर गुरुङले संयोजन गरेका थिए भने सहसंयोजक तथा महासचिव डा. विशाल गुरुङ र सल्लाहकार मेघ गुरुङको पनि विशेष योगदान थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान