
लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले ९ अक्टोबर आइतबार १० के र २ के (फन रन) आयोजना गरेको छ ।
ब्ल्याक वाटर भ्याली रनर्सको सहकार्य र रसमुर बरो काउन्सिलको विशेष सहयोगमा ती दौड भएका हुन् ।
बिहान १० बजे शुरु भएको १० के रनका लागि ६३७ जनाले नाम दर्ता गराएका थिए । त्यसमा दौड्ने नेपाली भने करिब ७० जना थिए । १० के रन सफल गर्ने लाई मेडल दिइएको थियो भने रजिस्टर गर्नेले टि सर्ट पाएका थिए । त्यसैगरी २ के फन रन गर्नेले पनि मेडल पाएका थिए ।
टेन के रनमा नेपाली सन्देश राईले दोश्रो स्थान जित्न सफल भएका छन् ।
टेन के रन अल्डरसटको क्वीन्स एभिन्यूबाट शुरु भएर बेजिङस्टोक क्यानल, वेष्टले ट्रेल हुंदै अल्डरसट रग्बी स्टेडियममा आएर अन्त्य भएको थियो ।
बिहान १०:१५ बजे शुरु भएको २ के फन रनमा करिब एकसय जना सहभागी भए ।
दौडमा नेपाली समुदायका नेता र धावकहरुको उत्साहजनक उपस्थिति रहेको ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष मान गुरुङले जनाए ।
अध्यक्ष गुरुङले मर्शल्स, बि भी आर रनर, धावकलाई टीसर्ट प्रायोजन गर्ने पिपल मोर्गेज र मार्सलहरुलाई खाना प्रायोजन गर्ने शिव कल्चरल सेन्टरप्रति आभार व्यक्त गरे ।
वर्षेनी हुने दौडमा जीआरएनसीले विशेष भूमिका निर्वाह गर्ने गरेको छ । दौडका माध्यमबाट स्थानीय समुदायसँग अन्तरघुलन र मानिसहरुलाई स्वास्थ्य रहन प्रेरित गर्ने विश्वास अध्यक्ष गुरुङको छ ।
उक्त दौडमा जीआरएनसीका तर्फबाट उपाध्यक्ष उत्तरबहादुर गुरुङले संयोजन गरेका थिए भने सहसंयोजक तथा महासचिव डा. विशाल गुरुङ र सल्लाहकार मेघ गुरुङको पनि विशेष योगदान थियो ।

बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ