
लन्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायत आइपुग्नुभएको छ । सो समारोहमा सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो ।
मन्त्री डा खड्का शनिबार राति हिथ्रो विमानस्थलमा आइपुग्दा बेलायतको विदेशमन्त्रालयको टोलीले उहाँलाई स्वागत गरेको थियो । मन्त्री खड्काको स्वागतका लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य त्यहाँ पुग्नुभएको दूतावासले जनाएको छ ।
दूतावासकाअनुसार मन्त्री खड्का बकिङ्घम दरबारमा बेलायतका राजाले आयोजना गर्ने स्वागत समारोह तथा बेलायती विदेशमन्त्रीले आयोजना गर्ने स्वागत समारोहमासमेत सहभागी हुने र महारानीको राजकीय अन्त्येष्टि समारोहमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री खड्का यही असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ