
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आयोजना गरेको ३ दिने चिल्ड्रेन समर क्याम्प गत शुक्रबार २६ अगष्टका दिन सम्पन्न भएको छ । गत २४, २५ र २६ अगष्टका दिन बीसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प आयोजना गरिएको हो ।
बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिज्म, मेडिटेशन, योगा, दैनिक पूजापाठ, साम्बुटा लिपी लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ सो क्याम्पको आयोजना गरिएको बीसीसी युकेका प्रमुख सल्लाहकार एवंं समर क्याम्प संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनका अनुसार बीसीसी युकेले गत वर्षबाट उक्त चिल्ड्रेन क्याम्पको शुरुवात गरिएको स्मरण गर्दै यसलाई निरन्तरता दिँदै जाने बताए ।
उक्त समर क्याम्पमा ३८ जना बालबालिकाहरुले भाग लिएका थिए । उनीहरुलाई बीसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेनले बुद्धिज्म, सामबुटा लिपी, दयालु भावबारे जानकारी दिएका थिए । त्यस्तै, लोपन नोर्बु ग्याछोले समथा ध्यान, चार आर्य सत्य, पंचशील, दैनिक पूजा विधि र अष्ट मंगलबारे सिकाएका थिए ।
बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले बीसीसी युकेबारे जानकारी गराउँदै गुम्बा परिक्रमा तथा दर्शन, विभिन्न मनोरन्जनात्मक खेल लगायत बौद्ध दर्शनसँग सम्बन्धित विभिन्न चलचित्रहरु देखाएका थिए । त्यस्तै, बीसीसी युके आमा समूहकी सचिव एवं प्रबन्धक शारदा गुरुङले योगा सिकाएका थिए ।
कार्यक्रमको अन्त्यमा बीसीसी युकेका धर्म टुल्कु जिग्मे सामतेन, लोपन नोर्बु, अध्यक्ष धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर गुरुङ, महासचिव क्याप्टेन देव घलेलगायतले सहभागी बालबालिकाहरुलाई सहभागिताको लागि धन्यवादसहित प्रमाण पत्र प्रदान गरे ।
गत वर्ष २९ जना बालबालिकाहरुले भाग लिएको स्मरण गर्दै बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले यसपटक संख्यात्मक रुपमा भाग लिनेको संख्यामा वृद्धि हुनुका साथै सहभागीहरुले बौद्ध दर्शनबारे बढी चासो लिएको, मनमा लागेका जिज्ञासाहरु सोधेको र ध्यानपूर्वक श्रवण गरेकोमा खुशी व्यक्त गरे ।
बालबालिकाहरुको अभिभावकहरुको समेत उपस्थिति रहेको उक्त ३ दिने क्याम्पमा अभिभावकहरुले क्याम्प संचालन सहयोगार्थ आर्थिक सहयोग प्रदान गरेका थिए ।
बौद्ध धर्मसँग सम्बन्धित धार्मिक पूजापाठ, बौद्ध दर्शन, सामबुटा लिपीलगायतका कक्षाहरु समेत संचालन गर्दै आएको बीसीसी युकेले आउने डिसेम्बरदेखि नेपाली कक्षा समेत संचालन गर्ने बताईएको छ ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा