
ब्रसेल्स । नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ। सामाजिक सञ्जालमा गिरिको निधनप्रति नेपाली कांग्रेसका नेता/कार्यकर्ताले मात्र होइन राजनीतिमा रूचि नभएका सामाजिक क्षेत्रका व्यक्तित्वहरुले पनि श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
यसै सन्दर्भमा युरोपमा रहेका केही प्रगतिशील लेखक तथा पत्रकारहरुको आयोजनामा एक श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा गिरीको जीवनीलाई लिएर चर्चा गरिएको हो।
कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक पंचम अधिकारीले गिरी राजनीतिज्ञ मात्र नभई एक लेखक, चिन्तक र एक दार्शनिक भएको बताए। गिरिले नारी, लेनिनको जीवनी, मार्क्सवाद, अर्थशास्त्रलगायत किताब लेखेका कारण उनी नेता नात्र नभई एक चिन्तक पनि रहेको बताए।
गिरी सरल, मिलनसार, गान्धीका अनुयायी गिरी मार्क्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद् र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको उनको भनाइ थियो।
बेल्जियममा क्रियाशील वामपन्थी वुद्धिजीवी बोधराज पौडेलले गिरी नेपाली कांग्रेसको नेता र संसद भएपनि उनी नेपाली जनताले नै रुचाएको एक साझा चिन्तक रहेको बताए। ‘उहाँ राजनिती गर्नेहरुका निम्ती मार्गदर्शक बन्नुभयो। उहाँले उच्च नैतिकता, आदर्श, निष्ठा तथा राजनीति गर्नुभयो,’ उनले भने।
त्यसैगरी, जनजाति नेता तथा बुद्धिजीवी मनिस गुरुङले गिरिको जिवन शैली अनुसरण गर्न लायक भएको बताए। गिरिले जनजाति, दलित र उत्पिडित वर्गको लागी कलम चलाएको उनको बुझाई थियो।
एनआरएन बेल्जियम कोषाअध्यक्ष पुष्प नेपालले गिरि कांग्रेसको राजनीतिमा एउटा सक्षम र सरल व्यक्ति भएको बताए।
नेपाल प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा स्तम्भकार दिल निशानी मगरले गिरि नेता मात्रै नभई लेखक र पत्रकार समेत रहेको बताए। “ २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका, २०३७/३८ सालतिर प्रकाशित ‘समता’ पत्रिका, अंकुर लगायतका पत्रिकामा स्व. गिरिको प्रत्यक्ष संलग्नता थियो”, उनले भने।
माओवादी नेता जित लामाले गिरि मार्क्सवाद लेनिनवादको व्याख्या–विश्लेषण गर्न सक्ने व्यक्ती भएकाले ईन्टरनेटको जमाना नहुँदा गिरीको भाषण सुन्न आफू कैयौँ समय पर्खिएको संमरण गरे।
कार्यक्रममा युरोपमा रहेका दर्जनौँ लेखक पत्रकारहरुले जुममार्फत सहभागिता जनाएका थिए।
राममनोहर लोहियाको सप्तक्रान्ति र रामायण तथा महाभारतका द्रौपदी आदि सजीव महिला पात्रलाई आदर्शका रूपमा गिरिको प्रस्तुतिलाई नेपाली प्रसङ्गमा अनवरत रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय मिडीयामा लेखिरहने गिरि एक युगमा एक पटक जन्मिने व्यक्तित्व भएको उनिहरुको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यबाहक अध्यक्ष केजिन राईले आफू संसदीय पत्रकारिता गर्दा गिरिलाई नजिकबाट चिनेको र उनले बोलेका सबै कुराहरु झल्झली सम्झिएको बताए। “ गिरि बोल्ने समयमा अचानक शान्त वातावरण छाउँथ्यो। उहाँ बेल्दा नेता हैन कि कुनै दार्शनिक बोलेको अनुभुती हुन्थ्यो”, राईले भने।
निमोनियाले र क्यान्सरका कारण पिडित बनेका गिरिको भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला शनिबार राति साढे ९ बजे निधन भएको हो। उनले आफ्नो उपचारमा सरकारको एक पैसा पनि खर्च लिएका थिएनन्।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम