
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपाल र बेलायत सरकारबीच हुने गोरखा समस्यासम्बन्धी वार्ता प्राविधिक समितिको प्रतिवेदनका आधारमा हुनुपर्ने माग गरेको छ ।
गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै वार्ताको टर्म्स एण्ड कण्डिसन (टीओआर) बनाउन सोमबार बसेको बैठक निस्कर्षविहीन भएकोमा दुख व्यक्त गरेका छन् ।
गेसोले प्राविधिक समितिले तय गरेको १३ बुँदे प्रतिवेदनको जगमा टेकेर वार्ता हुनुपर्ने र त्यसो नभएमा आफूहरुलाई मान्य नहुने प्रष्ट पारेको छ ।
गोरखाहरुबीच अहिले कार्यगत एकता र सहकार्य भइरहेको पनि गेसोले बताएको छ ।
यसैक्रममा अर्थ मन्त्री जनार्दन शर्मासित गेसोले भेटी गोरखा सैनिकका समस्याका बारेमा जानकारी गराएको पनि विज्ञप्तिमा बताइएको छ ।

बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ