
लण्डन । बेलायतमा मुद्रास्फिति चालिस वर्ष यताकै उच्च बनेको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्सले बुधबार सार्वजनिक गरेको आँकडाअनुसार जुलाइमा बेलायतको मुद्रास्फिति दर १०.१ प्रतिशत पुगेको छ ।
यो सन् १९८२ फेब्रुअरी यताकै सबैभन्दा उच्च हो । त्यसबेला मुद्रास्फिति १०.२ प्रतिशत पुगेको थियो । तर मुद्रास्फिति तर अझै उच्च हुने आँकलन गरिएको छ । अक्टोबरसम्ममा सो दर १३.३ प्रतिशतसम्म पुग्ने विज्ञहरुले विश्लेषण गरेका छन् ।
जुन र जुलाइ महिनामा खाद्यवस्तु र पेयपदार्थमा भएको चर्को मूल्यवृद्धिले मुद्रास्फितिमा योगदान गरेको बताइएको छ । पाउरोटी, सिरियल, दुध, चीज, अण्डामा उल्लेख्य मूल्यवृद्धि भएको छ ।
युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र इन्धनको मूल्यमा भएको वृद्धिका कारण मूल्य बढेको विश्लेषण गरिएको छ ।
उता मुद्रास्फितिको दाँजोमा तलवमा भने वृद्धि हुन सकेको छैन ।
बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल र पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले विभिन्न उपायहरु सुझाए पनि सत्तारुढ कंजरभेटिभ पार्टीले भने कुनै योजना ल्याएको छैन ।
सेप्टेम्बर ५ मा छानिने नयाँ नेता र प्रधानमन्त्रीको टुङ्गो लागेपछि मात्र त्यस्तो योजना ल्याइने बताइएको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम