
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले ३ दिने चिल्ड्रेन समर क्याम्प आयोजना गर्ने भएको छ । २४, २५ र २६ अगष्टका दिन बीसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प आयोजना गर्न लागिएको हो ।
विशेषगरी बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिज्म, मेडिटेशन, योगा, दैनिक पूजापाठ, साम्बुटा लिपी लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गर्न लागिएको बीसीसी युकेका प्रमुख सल्लाहकार एवं उक्त समर क्याम्पका संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनका अनुसार उक्त समर क्याम्पमा भाग लिन आउने बालबालिकाहरुलाई बीसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जेङ्ग, लोपन नोर्बुलगायत बीसीसी युकेका पदाधिकारीहरुले विभिन्न विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
बीसीसी युकेले गतवर्ष २०२१ को अगष्ट महिनामा पहिलोपटक आयोजना गरिएको ३ दिने समर क्याम्पमा २७ जना बालबालिकाहरुले भाग लिएका थिए । उक्त ३ दिने समर क्याम्प संचालनबाट धेरै बालबालिकाहरुले बौद्ध दर्शन, मेडिटेशन, योगालगायतको विषयमा जानकारी गराउन सफल भएको कार्यक्रम संयोजक मेजर गुरुङले जानकारी गराउँदै यसपटकको क्याम्पबाट समेत धेरै बालबालिकाहरुले बौद्ध दर्शनबारे जानकारी लिने विश्वास व्यक्त गरे ।
उक्त ३ दिने चिल्ड्रेन समर क्याम्पमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रत्येक दिन बालबालिकाहरुलाई बौद्ध शिक्षासँगसँगै मनोरञ्जनात्मक खेल समेत खेलाइने छ । उक्त समर क्याम्पमा आफ्ना छोराछोरीहरुलाई पठाउन इच्छुक अभिभावकहरुले गुम्बामा सम्पर्क गर्न बीसीसी युकेले हार्दिक अनुरोध गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक