लण्डन । प्रवासी नेपाली मञ्च, युके, साउथ वेष्ट कमिटीको अध्यक्षमा प्रेम गुरुङ निर्वाचित भएका छन् ।
कमिटीको आइतबार भर्चुअलरुपमा सम्पन्न अधिवेसनले सर्वसम्मत रुपबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा गणेश गुरुङ, सचिव युवन गुरुङ, उपसचिवहरुमा शिव शर्मा र दुर्गा बानियाँ, आर्थिक विभाग प्रमुखमा दिपक खड्का तथा सदस्यहरुमा विष्णु थापा, सरोज केसी, राम राम्जाली, ओम थापा, नविन राई, संजिव गौतम, राजेश गुरुङ र हेम थापा रहेका छन् । एक महिला सदस्य पछि थप गर्ने बताइएको छ ।
यसैगरी, सल्लाहकारहरुमा रामचन्द्र गुरुङ सुर्जे, लीलामान शेरपुञ्जा, कल्पना आङबुहाङ, पुरन गिरी, यज्ञ क्षेत्री, यम भण्डारी, दुर्गालक्ष्मी गुरुङ, देवीजंग गुरुङ, पूर्णबहादुर गुरुङ र रामकुमार गुरुङ चयन भएका छन् ।
अधिवेसमा रामचन्द्र गुरुङ सुर्जेले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङ रहेका थिए । कमिटीका पूर्व अध्यक्ष लीलामान शेरपुञ्जाको अध्यक्षता र युवन गुरुङले संचालन गरेको सो अधिवेसनमा भक्त गुरुङको संयोजकत्वमा अध्यक्ष मण्डल बनाइएको थियो जसमा सुरेन्द्र थपलिया, सरस्वती केसी, तुङ्गभद्र भूषाल र बालकृष्ण भूषाल सदस्य रहेका थिए ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक