लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औँ स्थापना दिवस बेलायतमा पनि मनाइएको छ ।
बेलायत शाखा अध्यक्ष गोमा रानामगरको अध्यक्षता र सहसचिव डा महा राईको सन्चालनमा शुक्रबार साँझ भर्चुअल रुपमा सो कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष बम थापा सूर्यवंशीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्ताकला राई, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष नरेश खपाङ्गीमगर, सल्लाहकार एकेन्द्र गुरुङ, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव होम किरात सुनुवार, लिम्बु पत्रकार संघ युकेका अध्यक्ष अमित थेबे, फोनिज युकेका पूर्व अध्यक्षहरु विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, पत्रकारहरु विश्वजीत थापा र जेबी राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा उपाध्यक्ष सूर्यवंशीले फोनिज स्थापनाको औचित्य तथा अध्यक्ष गोमा रानाले फोनिज युकेले गरिरहेको कार्यका बारेमा जानकारी दिएकी थिइन् ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम