
लण्डन । बेलायतले बुधबार बेलायतका लागि चिनियाँ राजदूत झेङ जेगुआङलाई विदेश मन्त्रालयमा बोलाई बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण लिएको छ ।
बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगुआङसँग छलफल गरी जानकारी लिएको बताउनुभएको छ ।
गत साता अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले उक्त टापुको भ्रमण गरेपछि सैन्य अभ्यास सुरु भएको थियो ।
‘बेलायत र साझेदारहरूले ताइवान वरपरको क्षेत्रमा चीनको गतिविधि वृद्धिको आलोचना गरेका छन्, जुन हाम्रो हालैको जी–७ वक्तव्यबाट देखिएको छ,” ट्रसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “मैले चिनियाँ राजदूतलाई बोलाएर आफ्नो देशको गतिविधिबारे स्पष्ट पार्न निर्देशन दिएँ”, विज्ञप्तिमा भनिएको छ, “हामीले हालैका महिनाहरूमा बेइजिङको तर्फबाट बढ्दो आक्रामक व्यवहार र भनाइ देखेका छौं, जसले यस क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको छ ।”
उता लण्डनस्थित चिनियाँ दुताबासले भने राजदुत जेगुआङले विदेश मन्त्रालयमा पुगी बेलायतको गैरजिम्मेदार भनाइको खण्डन गरेको र बेलायतको तथाकथित चिनियाँ सैन्य अभ्यासप्रतिको चासोका बारेमा असहमति व्यक्त गरेको बताएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता