
लन्डन । प्रथम किराती राजा यलम्बरको सम्झानामा बेलायतमा यलम्बर स्मृति दिवस भब्यताका साथ मनाइएको छ । शनिवार बेलायतको वकिङस्थित ग्याम्वल लेनमा विविध कार्यक्रमका साथ यलम्बर स्मृति दिवस मनाइएको हो ।
किरात राई यायोक्खा बेलायतको आयोजनामा धनुषबाँण प्रतियोगिता, कलाकार, खेलाडी, साहित्यकार र उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै सांगीतिक प्रस्तुतिहरु गरेर यलम्बर स्मृति दिवस मनाइएको थियो । कार्यक्रमको पहिलो चरणमा भूमिपूजा र धनुषबाँण प्रतियोगिता, दोस्रो चरणको औपचारिक कार्यक्रममा सम्मान तथा शुभकामना मन्तब्य र तेस्रो चरणमा सांगीतिक कार्यक्रमहरु सम्पन्न गरिएको थियो ।
कार्यक्रममा साहित्यकार गणेश राई, अग्रज खेलाडी मास्टर राष्ट्र राई, संगीतकार तथा गायक विसी राई र गायिका जानुका राईलाई सम्मान गरिएको थियो । त्यसैगरी विभिन्न विषयमा स्नाकोत्तरभन्दा माथिल्लो तहमा शिक्षा हासिल गर्ने अस्मिता राई, तायुङ राई, निलम राई, समिन राई, सन्ध्या राई, अस्मिता राई, भूमिका राई आसाम्छा राई, कामना राई र सन्जया राईलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।
धनुषबाँण प्रतियोगितामा समग्र विजेता अम्मर राई, पुरुषतर्फ भूपजीत राई विजेता र दिनेश राई उपविजेता भएका थिए । महिलातर्फ मनिका राई विजेता र गीता राई उपविजेता बनेकी थिइन् । बालबालिका तर्फबाट गौरव राई विजेता बनेका थिए । विजेता र उपविजेता हुनेहरुलाई ट्रफीसहित सम्मान गरिएको थियो । धनुषकाँण कार्यक्रमको सन्चालन उपमहासचिव ईश्वर चाम्लिङ राईले गर्नुभएको थियो ।
कार्यक्रममा किरात राई यायोक्खा बेलायतले वार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘सुम्निमा–पारुहाङ’ मुखपत्रको विमोचन पनि गरिएको थियो । प्रमुख अतिथि संविधानसभा सदस्य तारा राई लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकार विसी राई र गायिका जानुका राईले पनि आफ्ना प्रस्तुति दिएका थिए । साथै कार्यक्रममा कलाकारहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए । किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा संविधानसभाका सदस्य तारा राई रहेकी थिइन् । साँस्कृतिक कार्यक्रमको सन्चालन उपमहासचिव किसन राईले गरेका थिए ।
कार्यक्रममा नेपाल जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी सेर्पा, निवर्तमान अध्यक्ष कल्पना राई , किरात राई यायोक्खा नेपालको पूर्व अध्यक्षहरु डा सुमाया राई, यशोदा राई पनि अतिथिका रुपमा रहेका थिइन् । कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार तथा संरक्षकहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव देवेन्द्र राईले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष मानुस राईले गरेका थिए ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम