
लण्डन । आफ्नै पार्टीको कारण बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ ।
पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव आएको एक महिना पनि नबित्दै उनको मन्त्रिमण्डलका दुई जना प्रभावशाली मन्त्रीहरुले आज राजिनामा दिएका छन् ।
सरकारका वरिष्ठ मन्त्रीहरु अर्थ मन्त्री ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जाविदले राजिनामा दिएका छन् । उनीहरुसँगै पार्टीका अन्य जिम्मेवार व्यक्तिहरुको पनि राजिनामा आएको छ ।
कञ्जरभेटिभ पार्टीका उपाध्यक्ष बिम अफोलामी, उत्तरी आयरल्याण्ड सम्बन्धी मन्त्रीका संसदीय निजी सचिव सांसद जोनाथन गुलिस, स्वास्थ्य मन्त्रीका संसदीय निजी सचिव सकिब भट्टी, मोरक्कोका लागि व्यापार दुत डा एन्ड्रयू मोरिसन लगायतले राजिनामा दिएका छन् ।
मन्त्रिमण्डलका वरिष्ठ मन्त्रीहरुको राजिनामासँगै अब बोरिस जोन्सनको शासनकाल सकिएको विश्लेषण गर्न शुरु गरिएको छ ।
युरोपियन युनियनबाट बेलायतलाई निकाल्ने नारा दिएर जोन्सनले सन् २०१९ को निर्वाचनमा प्रचण्ड बहुमत पाएका थिए तर उनको सरकार जनताको समस्यालाई सम्बोधन गर्नुभन्दा पनि विभिन्न काण्डमा अल्झिएको आरोप लाग्ने गरेको छ ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान