
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु १०० का दरले लेवी उठाउने भएको छ ।
माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु आठ करोड बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एकपटकका लागि उक्त परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयका अलावा हालै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो । माओवादी नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका अलावा पार्टीको भ्रातृ सङ्गठन अखिल(क्रान्तिकारी) भित्र देखिएको केही असन्तुष्टिका बारेसमेत छलफल भएको थियो ।
गत पुसमा माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको भए पनि हालसम्म पदाधिकारी चयन हुन सकेका छैनन् । त्यसबारेमा पनि बैठकमा सामान्य चर्चा परिचर्चा भएको बताइएको छ । पदाधिकारी छिट्टै टुङ्गोमा पुर्याएर पार्टीको सङ्गठन विस्तार तथा सङ्घीय र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुने माओवादीले स्पष्ट पारेको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह