
काठमाडौं । ठूला पार्टीका उम्मेदवारहरुलाई हराउँदै काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र (बालेन) साह निर्वाचित भएका छन् ।
”लौरो” चिह्न लिएर निर्वाचनमा खडा भएका स्वतन्त्र उम्मेदवार बालेन साह विहीबार राति सम्पन्न मतगणनामा ६१ हजार ७६७ मतका साथ विजयी भएका छन् । काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा (एमाले) का उम्मेदवार तथा पूर्व मेयर केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् । डंगोल ६८ हजार ६१२ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०५ मत पाए ।
काठमाडौं महानगर प्रमुखमा नवनिर्वाचित साहको जन्म सन् १९९० मा भएको हो । विभिन्न गीत लेखन, गायन, निदेशन र र्याप गीतमार्फत् युवा पुस्तामा अधिक रुचाइएको साहको जीतले राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ ।
पुर्ख्यौली घर महोत्तरी जिल्लामा भएका साहकी आमाको नाम कुवदेवी साह र बुवाको नाम रामनारायण साह हो । साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तरको शिक्षा हासिल गरेका छन् ।
देशैभरका सक्षम नेता एवम् व्यक्तिसँग सहकार्य गर्दै काठमाडौं महानगरको मुहार फेर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
यस्तै उपप्रमुख डंगोलको कला, संस्कृति संरक्षण एवम् सम्बर्द्धनमा उहाँको छुट्टै पहिचान छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको केही समयअघि मात्रै उनी एमाले प्रवेश गरेर उपप्रमुखको उम्मेदवार बनेकी हुन् ।
सन् २०११ को मिस नेवा नामक सौन्दर्य प्रतियोगितामा उनी विजयी भएकी थिइन् । यसैगरी, नेपाल भाषाको रञ्जना लिपी प्रवर्द्धनमा पनि उनको योगदान रहेको छ । काठमाडौं महानगरको सम्पदा संरक्षण, पर्यावरणीय र पूर्वाधार विकासमा उनले प्रतिबद्धता व्यक्त गर्दै आएकी छिन् ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत