
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जनताको कामका लागि अभिप्रेरित गर्ने उद्देश्यले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । यही जेठ १८ र १९ गते काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता हुनेछन् । जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिनुहुनेछ । पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन स्पष्ट निर्देशन दिने माओवादी तयारी छ । माओवादीले जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका पनि तयार गरिरहेको मुख्यसचिव ढकालले जानकारी दिनुभयो ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने