
काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निरासाजनक परिणाम आएको जनाउँदै अध्यक्ष पदबाट आज राजीनामा दिनुभएको हो ।
”विगत पाँच वर्षको समयमा तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रुपमा निःस्वार्थ र इमान्दार प्रयास गर्दागर्दै निर्वाचनमा निरासाजनक परिणाम आएकाले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको छु, आगामी दिनमा पार्टीको साधारण सदस्यमात्र रहिरहनेछु”, विज्ञप्तिमा भनिएको छ ।
उहाँले आफ्ना पार्टीका उम्मेदवार इमान्दार र सक्षम हुँदाहुँदै पनि राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी आफूले लिने स्पष्ट पार्नुभयो । बाराको एक स्थानीय तह र दुई वडामा आफ्नो पार्टीका उम्मेदवार विजयी हुनु उम्मेदवारकै लोकप्रियताले भएको सो पार्टीले जनाएको छ ।
अध्यक्ष मिश्रले विगत पाँच वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य आफ्नो पार्टीलाई आर्थिक, नैतिक र भौतिकरूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिनुभएको छ ।
उहाँले विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको बताउँदै विवेकशील साझाले उठाएका प्रमुख मुद्दा सम्बोधन नगरेसम्म देशको रुपान्तरण सम्भव नहुने बताउनुभयो ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान