
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १०.४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा ग्राउण्डेड गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ”जहाज सकुशल अवतरण भएको छ, जहाजमा ‘बर्ड स्ट्राइक’ भएको छ, जहाजमा केही रगतका छिटा जस्ता पनि देखिएका छन्, चरा भेटिएन, कतै चरा इञ्जिनमा छिरेको आशङ्काले प्राविधिक टोली आएर जाँच गरेपछि जहाज उडाइनेछ ।”
यस विषयमा अहिले अनुसन्धान भइरहेको बताइएको छ । उक्त जहाजमार्फत कुवेत हुँदै विभिन्न मुलुक जान विमानस्थल पुगेका यात्रुलाई जहाज कम्पनीले होटलमा राखेको बताइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त जहाजमार्फत भैरहवा–कुवेत जाने यात्रुको सङ्ख्या ३८ छ । उक्त कम्पनीले यही जेठ २ गतेदेखि उक्त विमानस्थलबाट नियमित उडान सुरु गरेको हो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह