
काठमाडौँ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमन्त्री जेयालाई परराष्ट्र मन्त्रालयका अधिकारी र यहाँस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गर्नुभएको थियो । उहाँले शनिबार र आइतबार काठमाडौँमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जेयाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य–सचिव शंकरदास वैरागीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उपमन्त्री जेयाको भ्रमणबारे आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
जेया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग युएसएआइडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनुहुन्छ । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष चलिराखेको सन्दर्भमा भ्रमणको आदानप्रदान भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक