
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलका उम्मेदवारहरु दुई तिहाई बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० गाउँपालिकाको अध्यक्ष जितेको छ । गठबन्धन आबद्ध नेकपा (माओवादी केन्द्र) २० नगरपालिका र ९२ गाउँपालिका गरी ११२ पालिकामा विजयी भएको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपाल २० र नेकपा (एकीकृत समाजवादी) १४ पालिकामा विजयी भएको छ । स्थानीय निर्वाचनमा गठबन्धन आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले छ महानगर, ११ उपमहानगरसहित केही पालिकामा गठबन्धन गरेका थिए । अधिकांश पालिकामा गठबन्धनका दलले मित्रवत प्रतिस्पर्धा गरेका थिए । गणना बाँकी रहेका पालिकामा पनि गठबन्धन आबद्ध दलले अग्रता लिइरहेका छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा (एमाले) दोस्रोमा झरेको छ । एमालेले ६० नगरपालिका र ११५ गाउँपालिका गरी १७५ स्थानमा मात्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेले २९४ पालिकामा जीत हासिल गरेको थियो । एमालेले राप्रपा, लोकतान्त्रिक समाजवादीलगायत विभिन्न पार्टीसँग गठबन्धन गरेको थियो ।
यसैगरी कांग्रेसले ७७ नगरपालिकाको उपप्रमुख र १८० गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमाले ७९ उपप्रमुख र ११७ उपाध्यक्ष, माओवादी केन्द्र २८ उपप्रमुख र ९१ उपाध्यक्ष, जनता समाजवादी पार्टी नेपाल १४ उपाध्यक्ष र एकीकृत समाजवादी आठ स्थानीय तहको उपप्रमुखमा विजयी भएको छ ।
कांग्रेसले सबैभन्दा बढी वडाध्यक्षमा जीत हासिल गरेको छ । हालसम्म कांग्रेस दुई हजार ३९२, एमाले एक हजार ९०७, माओवादी केन्द्र ९८९, जनता समाजवादी पार्टी २३८ र एकीकृत समाजवादी पार्टी १०० बढी वडामा विजयी भएका आयोगले जनाएको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक