
राजविराज । डाक्टर सिके राउत नेतृत्वको पार्टीले सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जितेको छ ।
अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गर्नुभयो ।
यसैगरी, उपाध्यक्ष पदमा पनि जनमत पार्टीका रेणु यादव दुई हजार ६९० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै आशदेवी मण्डलले दुई हजार ३०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
यसबाहेक पनि तराईका विभिन्न स्थानिय निकायमा सिके राउतको पार्टीले अग्रता लिइरहेको छ ।
यसैगरी, कैलालीको जोशीपुरमा रेशम चौधरीकी श्रीमतीको अध्यक्षताको नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ ।
अध्यक्षमा चित्रबहादुर चौधरी विजयी हुनुभएको छ । चौधरीले ४ हजार ९०३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गर्नुभएको हो ।
उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यसबाहेक कैलालीका अन्य स्थानिय निकायमा पनि रेशम चौधरीको पार्टी अग्रस्थानमा छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत