
काठमाडौँ । स्थानीय निर्वाचनको परिणाम आउनेक्रम जारी छ । बुधबार साँझ नेपाली समय ८ बजेसम्म निर्वाचन आयोगमा ४८५ स्थानीय तहको अन्तिम मत परिणाम प्राप्त भएको छ ।
मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ६८ मा जीत हासिल गरी ७४ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ३८ स्थानमा जीत हासिल गरी ३९ स्थानमा अग्रता कायम गरेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा १४ स्थानमा जीत र नौ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा तीन स्थानमा जीत र आठ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले सात स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ५७ स्थानमा जीत हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ४५ स्थानमा जीत हासिल गरी ६० स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपप्रमुख पदमा २१ स्थानमा जीत र ११ स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले सो पदमा पाँच स्थानमा जीत र चारमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १५० स्थानमा जीत हासिल गरी २९ मा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९९ स्थानमा जीत हासिल गरी २५ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले अध्यक्ष पदमा ८१ स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ । अन्यले १५ स्थानमा विजय हासिल गरी १२ मा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १४५ स्थानमा जीत हासिल गरी ३४ मा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९७ स्थानमा जीत हासिल गरी २७ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्षमा ८१ स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले १० स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ । अन्यले १३ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्षमा कांग्रेसले दुई हजार ८० मा जीत हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ६०९ मा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडाध्यक्षमा ८७९ स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जीत र १२ मा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४३७ स्थानमा विजय हासिल गरी १२ स्थानमा अग्रता कायम गरेका छन् ।
महिला सदस्यमा कांग्रेसले दुई हजार ४६ मा जीत हासिल गरी ५९ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ७४५ स्थानमा जीत हासिल गरी ८३ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले महिला सदस्यमा ८१८ स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १७० स्थानमा जीत र १२ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३९२ स्थानमा विजय हासिल गरी नौ स्थानमा अग्रता कायम गरेका छन् ।
दलित महिला सदस्यमा कांग्रेसले एक हजार ९८२ मा जीत हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ७२७ स्थानमा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले दलित महिला सदस्यमा ८२५ स्थानमा जीत र १४ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३७९ स्थानमा विजय हासिल गरी सात स्थानमा अग्रता कायम गरेका छन् ।
यस्तै वडा सदस्यमा कांग्रेसले चार हजार १११ मा जीत हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले तीन हजार ५४५ स्थानमा जीत हासिल गरी ८६ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडा सदस्यमा एक हजार ५१८ स्थानमा जीत र १५ मा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ३३९ स्थानमा जित र १३ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ८०४ स्थानमा विजय हासिल गरी पाँच स्थानमा अग्रता कायम गरेका छन् ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक