
लण्डन । चर्चित गीत नरोउ तिमी बोलको गीतका रचनाकार पासाङ शेर्पाको पुस्तक ‘कोरोना कथा’ को न्युयोर्कमा पनि लोकार्पण गरिएको छ ।
युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाज अमेरिकाले न्युयोर्कको क्वीन्समा अवस्थित धर्मा हाउसमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रकमा पुस्तकको लोकार्पण गरिएको हो ।
संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्य दूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतम, धर्म गुरु लोपेन गुर्मे छोड्रक, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, युनाइटेड शेर्पा एशोसियसन शेर्पा किदुगका अध्यक्ष छिरिङ शेर्पा, खुम्बु पासाङ ल्हामु शेर्पा समाजका अध्यक्ष ङ्वाङ शेर्पा, शेर्पा संघका अध्यक्ष जाङ्वु शेर्पा लगायतको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो ।
विश्वलाई नै आतंकित बनाएको कोरोना महामारीमा सामान्य नागरिकले भोग्नु परेको दैनिक समस्या र यसले व्यक्तिको दैनिक जीवनमा पारेको असरलाई समेटेर लेखिएको संस्मरणात्मक पुस्तकको यस अघि नेपालमा विमोचन गरिएको थियो ।
पुस्तकको बारेमा टिप्पणी गर्दै संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राईले शेर्पाको कृतिमाथि विषयगत टिप्पणी गर्दै लेखन क्षेत्रमा शेर्पाको लेखनलाई लिएर संसय लागेको बताउँदै पासाङले जीवनको आरोह अवरोहलाई कथालाई समेटेको उल्लेख गरे । स्थायी प्रतिनिधी राईले न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुको कथालाई भाषामाथि न्याय गरेको र हरेक कथालाई जीवन्त रुपमा प्रस्तुत गरेको उल्लेख गर्दै लेखक पासाङको लेखनले जीवन दर्शन र जीवन मुल्यलाई सेवासँग जोडेर हरेक सेवा नै धर्म हो भन्ने कुरालाई उजागर गरेको बताए । निस्वार्थ रुपमा गरेको समाज सेवालाई प्रचार गर्न नरुचाउने लेखक पासाङले समाजमा देखिएको चटके समाजसेवी एउटा विकृतिको रुपमा देखिएको वास्तविकतालाई लेखनमार्फत व्यक्त गरेको बताउँदै लेखकमा कुनै आडम्बर नभएकोमा लेखकको व्यक्तित्वको प्रशंसा गरे ।
नेपाली महावाणिज्य दूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमले लेखक शेर्पाले व्यवसायमा पनि नयाँपनमा प्रवेश गरेको र लेखन क्षेत्रमा पनि फड्को मारेको उल्लेख गर्दै लेखन क्षेत्रमा लेखक शेर्पाले समुदायको अगुवाई गर्दै जाने विश्वास व्यक्त गरे । पुस्तकको चर्चा गर्दै गौतमले पुस्तक किनेर सहयोग गरी दिन अनुरोध गरे ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष राजकुमार विष्टले कोरोना महामारीको समयमा विभिन्न संघ संस्थासँग समन्वय गरेर फिल्डमा खटिएर सहयोग गरेको स्मरण गर्दै कोरोना कथा एउटा दस्तावेज भएको बताए । कोरोना कथाले भोलीको सन्ततिले कोरोना महामारीको बारेमा जान्ने अवसर पाउने उल्लेख गरे । युनाइटेड शेर्पा एशोसियसन शेर्पा किदुगका अध्यक्ष छिरिङ शेर्पाले कोरोना महामारीमा महिलाहरुले पनि ज्यानको बाजी राखेर सेवा गरेको स्मरण गर्दै महिलाको योगदानलाई पनि समेटेर जान सुझाव दिए । खुम्बु पासाङ ल्हामु शेर्पा समाजका अध्यक्ष ङ्वाङ शेर्पाले लेखकलाई बधाइ दिैदै शेर्पाहरुको जनसंख्या बढ्दै गएकोले विभिन्न संस्था खोलेको बताउँदै शेर्पाहरुको एकता एकदमै बलियो रहेको बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गीता खत्रीले पुस्तकमाथि टिप्पणी गर्दै यो कृतिले नेपाली समाजको विभिन्न पक्षलाई समेटेको बताए । साहित्यकार सकुन ज्ञवालीले लेखनमार्फत नै सधै भरी सुन्न पाइयोस् देख्न पाइयोस राम्रो गर्वगरी भन्न पाइयोस् पासाङ शेर्पा हाम्रो भनेर प्रशंसा गरे ।
खुम्बुमा जन्मिएका र अमेरिकाको न्युयोर्क निवासी पासाङ पेशाले हेयर स्टायलिष्ट हुन् । लेखक पासाङले कोरोना महामारीले घरकै चार घेरामा थुनिएर बस्नु पर्दाको पीडा र कथालाई अनेक अनेक कुराहरु मनमा खेलेर आएपछि आफैँलाई चिन्ता लागेको बताउँदै मैले जस्तै अन्य धेरैको साझा कथा हुन सक्छ भनेर लेख्दै जाँदा यो पुस्तक तयार भएको बताए । महामारीको समयमा कोरोना सचेतना समूहका सदस्य समेत रहेका लेखकले महामारीको समयमा प्रत्यक्ष रुपमा कोरोना प्रभावितलाई सहयोग गरी विभिन्न व्यक्तिहरुसँग धेरै कुरा सिक्ने अवसर पाएको बताए । शेर्पाले आफ्नो पुस्तक बुबा फुरी गेल्जे शेर्पाप्रति समर्पित गरेका छन् । लेखकले बुबाको नाममा अक्षयकोष स्थापना गरेको जानकारी दिंदै पुस्तक विक्रीबाट आएको रकम शैक्षिक क्षेत्रमा खर्च गरिने बताए । लेखक शेर्पाले पुस्तक प्रकाशन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
कूल ५६५ पृष्ठको पुस्तकमा कोरोनाको कारण लकडाउनमा घर थन्किनु पर्दाको पीडा, राहत वितरण, सहयोग र लकडाउनपछिको जीवनमा भोगेका विभिन्न विषयलाई शीर्षकगत रुपमा समेटिएको छ । कार्यक्रममा नेपाली संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
पासाङ–डोल्मा फाउन्डेशनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको मूल्य नेपाली रु ५०० र अमेरिकी डलर २५ रहेको छ ।
शेर्पाका सयौं डाँडा काट्दै आएँ, तल पर्यो सल्लेरी माथि नाम्चे गाउँ, नरोउ तिमी भन्छौ भने, साँझ ढलेको थाहा पाइन लगायतका गीतहरु निकै चर्चित छन् । नरोउ तिमी बोलको गीत युट्युबमा मात्र ७ मिलियनभन्दा धेरै पटक हेरिएको थियो ।

दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु