
काठमाडौँ । गणतन्त्र भारतका लागि नवनियुक्त नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुतिकरणपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका मित्रवत् जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
भारतका लागि नेपाली राजदूतमा नियुक्त भएकामा डा शर्मालाई स्वागत गर्दै भारतका राष्ट्रपतिले बधाई ज्ञापन गर्नु भयो । राष्ट्रपति कोविन्दले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत् जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत शर्मालाई आग्रह गर्नुभयो ।
राजदूत शर्माले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तत्पर रहेको बताउनुभयो । दुई देशको सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफूले इमान्दार प्रयास गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
त्यस अवसरमा भारतको परराष्ट्र मन्त्रालय, राष्ट्रपति कार्यालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक