
मैत्री धर्म उसमा पनि पलाएर आओस्
अकुसल् चित्त उसको बगाएर जाओस्
मैले जस्तै शुख, शान्ती उसले पनि पाओस्
थोरै बोल्ने धेरै सुन्ने बानी उसमा आओस् ।।
कुसल चित्त उसमा पनि पलाएर आओस्
गरीब,दुखी,असहायले साथ उसको पाओस्
अकुसल सबै कर्म हट्दै उसको जाओस्
कुसल चित्त उत्त्पन्न भै शुख उसले पाओस् ।।
दुई दिनका पाहुना हामी भन्ने थाहा पाओस्
जन्मे पछि मर्नु पर्छ भन्ने ज्ञान आओस्
मंगल् धर्म बुझ्ने चित्त पलाएर आओस्
सुख,पनि छाँया जस्तै पछि-पछि आओस् ।।
मुक्ति दाता छैन कोही भन्ने ज्ञान आओस्
आफ्नो मालिक आफैँ नै हो भन्ने थाहा पाओस्
कर्म बिपाक भोग्नु पर्छ भन्ने चेत आओस्
सबै धर्म अनित्य छ भन्ने ज्ञान पाओस् ।।
मैत्री धर्म उसमा पनि पलाएर आओस्
अकुसल् चित्त उसको बगाएर जाओस्
मैले जस्तै शुख, शान्ति उसले पनि पाओस्
थोरै बोल्ने धेरै सुन्ने बानी उसमा आओस् ।।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा