
काठमाण्डौं । शनिवार मध्यान्ह गएको ७ दशमलव ९ रेक्टर स्केलको महाभूकम्पका कारण हालसम्म मर्नेको संख्या ६८६ पुगेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो हताहती संख्याबारे अपडेट गर्ने काम भइरहेको जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै ५ सय बढिको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार काठमाडौंमा २५०, भक्तपुरमा १५० र ललितपुरमा १ सय बढिको मृत्यु भएको छ ।
मृतकको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ ।
लमजुङ केन्द्रविन्दु भएर गएको उक्त शक्तिशाली भूकम्पले धेरै धनजनको क्षति भएको अनुमान गरिएको छ । पूर्व विवरण आउन बांकी छ ।
इकान्तिपुरका अनुसार, भूकम्पमा परी काभ्रेमा ५४, धादिङमा ३५, मकवानपुरमा ९, ओखलढुंगामा १०, रामेछापमा ५, भोजपुरमा २, नुवाकोटमा ६, गोर्खामा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
राजधानीका विभिन्न अस्पताल अहिले भरिभराउ छन् । हजारौं घाइतेको राजधानीका विभिन्न अस्पताल भित्र र बाहिर सडकमै उपचार भइरहेको समाचार छ । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी प्रमुख प्रताप नारायण प्रसादका अनुसार अस्पतालमा ५० देखि ६५ शव छन् । तीनसय बढी घाइतेको त्यहां उपचार भइरहेको छ ।
भूकम्पका धक्का पटक पटक गरि १४ पटक गइसकेको जनाइएको छ । मानिसहरु त्रसित छन्, रुवावासी छ । फोन सम्पर्क सहज नभएकाले परिवारजनमा अन्यौलको स्थिति छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान