
काठमाडौं । जोशी रिसर्च इन्ष्टिच्युटको आयोजनामा सम्पन्न कदम पुरस्कार २०७९ बाट कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् ।
घर गृहस्थी, पर्यटन पत्रकारितादेखि सगरमाथाको टाकुरासम्म पुगेर नेपाली समाजमा नारीको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सफल महर्जनको सफल कदमप्रतिको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
पूर्व उपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिंहले महर्जनलाई ताम्र–सम्मानपत्र र २५ हजार नगदसहित उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।
जोशी रिसर्च ईन्स्टिच्युटकातर्फबाट अध्यक्ष हरिराम जोशीका छोरा सुशीलराम जोशीले स्वागत मन्तव्य र २०१७ सालयता ६ दशकको यात्रापछिको वियोगलगत्तै पनि आफ्ना कला–कृति अनि कर्मको निरन्तरतामा आफ्नो संगिनी कदमप्रतिको प्रेमिल जीवन्तता प्रदान गर्नुका साथै तथ्य र तर्कका बेजोड आधारमा इतिहासका विभिन्न पाटाहरु थप प्रकाशित गरेको ‘कदमः अभिनव मेरा अनुभूति’ पुस्तक एक प्रति सहभागी सबैमा वितरण गरिएको थियो ।
गत १४ वैशाख २०७८ मा दिवंगत भएकी धर्मपत्नी कदम केशरीको स्मृतिमा स्थापित ‘कदम पुरस्कार २०७९’ वितरण कार्यक्रममा लिपिविज्ञ श्यामसुन्दर रघुवंशी, जनमत साहित्यका मोहन दुवाल, हरिसिद्धिका धनगोविन्द महर्जनलगायतका संस्कृति प्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त