
लण्डन । बेलायतमा आज (मे ५ मा) सम्पन्न हुन गइरहेको स्थानीय चुनावको मैदानमा करिब एक दर्जन नेपाली मूलका उम्मेदवारहरु प्रतिस्पर्धा गर्दै छन् ।
आगामी चार वर्षका लागि चुनिने स्थानीय निकायका प्रतिनिधिहरुका लागि उनीहरु विभिन्न काउन्सिलमा मुख्यत सत्तारुढ कञ्जरभेटिभ पार्टी र प्रमुख प्रतिपक्षी लेबोर पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।
विष्णुबहादुर गुरुङ- लेबर
प्रतिस्पर्धामा लण्डन बोरो अफ हाउन्स्लोका वर्तमान मेयर समेत रहेका विष्णुबहादुर गुरुङ पनि काउन्सिलका लागि उत्रिएका छन् । लेबर पार्टीलाई प्रतिनिधित्व गर्दै उनी लण्डनको हाउन्स्लो काउन्सिलको ह्यानवर्थ पार्क वडाबाट उम्मेदवार बनेका हुन् । उनी पूर्व गोरखा सैनिक हुन् ।
लक्ष्यबहादुर गुरुङ-कन्जरभेटिभ

यस्तै, लण्डनभित्रकै अर्को काउन्सिल लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पनि चुनावमा उठेका छन् । उनी सत्तारुढ कञ्जरभेटिभ पार्टीलाई प्रतिनिधित्व गर्दछन् । उनी एज्वेरबरी वडाबाट उम्मेदवार बनेका छन् । उनी यसअघि पनि काउन्सिलर थिए । उनी पनि पूर्व गोरखा सैनिक हुन् ।
कमल गुरुङ -लेबर

गुरुङ उम्मेदवार रहेको काउन्सिलमै तर विपक्षी लेबर पार्टीका तर्फबाट अर्का पूर्व गोरखा सैनिक कमल गुरुङ उम्मेदवार बनेका छन् । उनी उठेको वडा पनि लक्ष्यबहादुरको भन्दा फरक छ । कमल ब्रन्टोक वडाबाट उठेका छन् ।
श्रीमती सुमन पुन – कन्जरभेटिभ

नेपालीहरुको उल्लेख्य बसोबास रहेको रसमुर काउन्सिलको चेरिउड वडामा श्रीमती सुमन पुन उम्मेदवार बनेकी छिन् । कञ्जरभेटिभ पार्टीकी उम्मेदवार पुन गोरखा भूतपूर्व सैनिककी श्रीमती हुन् । उनी बेलायतमा विभिन्न व्यवसायमा आवद्ध पनि छिन् । यदि निर्वाचनमा विजय हासिल गरेमा उनी बेलायतमा निर्वाचित हुने नेपाली मूलकी दोस्रो महिला काउन्सिलर हुनेछिन् । यसअघि सन् २०१५ मा स्वान्ली टाउन काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् ।
जीत रानाभाट-लेबर

दक्षिणपूर्वी लण्डनस्थित ग्रीनीच काउन्सिलमा नेपालीहरुको निकै बाक्लो बस्ती छ । सो क्षेत्रबाट लेबर पार्टीले जीत रानाभाटलाई उम्मेदवार बनाएको छ । स्थानीय नेपाली कम्युनिटी रोयल ग्रीनीच नेपाली कम्युनिटीका अध्यक्ष समेत रहेका उनी प्लमस्टिड एण्ड ग्लेण्डन वडाबाट काउन्सिलरको उम्मेदवार बनेका छन् ।
संजय पन्त-कन्जरभेटिभ

लण्डनभन्दा अलिकति बाहिर रहेको वाटफोर्ड काउन्सिलमा सञ्जय पन्त कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका छन् । उनी होलीवेल वडाबाट उठेका छन् ।
मेजर चित्रबहादुर राना-कन्जरभेटिभ

लण्डनबाहिर नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्रमध्ये वोकिङमा पूर्व गोरखा मेजर चित्रबहादुर राना चौथोपटक काउन्सिलरको उम्मेदवार बनेका छन् । राना गोल्डसवर्थ पार्क वडाबाट उठेका छन् । सन् २०१५ मा पहिलोपटक काउन्सिलर बनेका राना सन् २०१६ र २०१८ मा काउन्सिलरमा निर्वाचित भएका थिए । उनी पनि कञ्जरभेटिभ पार्टीबाटै उम्मेदवार छन् ।
ज्ञानप्रसाद गुरुङ – कन्जरभेटिभ
नेपालीहरुको बाक्लो बसोबास रहेको अर्को क्षेत्र स्वीण्डनमा पनि ज्ञानप्रसाद गुरुङ काउन्सिलरको उम्मेदवार बनेका छन् । स्थानीय नेपाली कम्युनिटीका अध्यक्षसमेत रहेका गुरुङ कञ्जरभेटिभ पार्टीका तर्फबाट बनेका उनी पनि पूर्व गोरखा सैनिक हुन् । म्यानिङटन एण्ड वेस्टर्न वडाबाट उनी उठेका छन् ।
भीम सारु-लेबर

मिडल्याण्डमा नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र ननिटनमा पनि पूर्व गोरखा सैनिक भीम सारु काउन्सिलरको उम्मेदवार बनेका छन् । स्थानीय ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसनका उपाध्यक्ष रहेका उनी लेबर पार्टीका तर्फबाट वेडवर्थ एण्ड ननिटल काउन्सिलको बारपुल वडाबाट उम्मेदवार बनेका छन् ।
डा जगन्नाथ शर्मा-कन्जरभेटिभ
मिडल्याण्डमै गोरखा सैनिकहरुको बसोबास रहेको क्याट्रिक क्षेत्रको कोलवर्न टाउन काउन्सिलमा डा जगन्नाथ शर्मा पुन काउन्सिलरको उम्मेदवार बनेका छन् । उनी सत्तारुढ कञ्जरभेटिभ पार्टीबाटै हिप्सबेल एण्ड कोल्बर्न वडाबाट काउन्सिलरको उम्मेदवार बनेका छन् । उनी सन् २०१३ देखि काउन्सिलर रहेका छन् भने सन् २०१४ मा उपमेयर र सन् २०१९ मा मेयर पनि भएका थिए ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग