
काठमाडौँ नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उहाँहरुलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिष्दको यही १८ गतेको निर्णयले उहाँहलाई महानिरीक्षकमा पदोन्नति गरेको हो । दज्र्यानी चिन्ह सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै सुरक्षा अङ्गका महानिरीक्षकद्वय सिंह र अर्यालबाट मुलुकको शान्ति अमनचयन, सुशासन कायम राख्न तथा शान्तिपूर्ण र भयरहित निर्वाचन तथा सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्य र सरकारको अपेक्षा भनेको न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माणका लागि सङ्गठनलाई कसरी अग्रसर गराउने भन्ने रहेको र त्यस विषयमा कार्यकाल सफल होस् भनी शुभकामना गर्नुभयो । उहाँले दुवै सङ्गठनका प्रमुखको कार्यकालमा अपराधविहीन र न्यायिक समाज निर्माणमा आफ्नो सङ्गठनलाई दृढतापूर्वक डोहोर्याउने काम हुने अपेक्षा रहेको बताउनुभयो ।
नेपालमा ७९ हजार नेपाल प्रहरी र ३७ हजार हाराहारीमा सशस्त्र प्रहरी जनशक्ति रहेकाले बदलिँदो समाजको आवश्यकता र मागलाई धान्न नसकिरहेको उल्लेख गर्दै गृहसचिव पाण्डेले भन्नुभयो, “प्रहरी चौकीको र इलाका प्रहरीको स्तरोन्नतिको मागलाई हेर्दा नेपाल प्रहरी न्यूनतम एक लाख र सशस्त्र प्रहरीको जनशक्ति ५० हजार पु¥याउनुपर्ने आवश्यकता छ ।” उहाँले दुवै सङ्गठनको पुनःसंरचना र जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।
परम्परागत प्रहरी ढाँचाबाट आधुनिक प्रहरी ढाँचामा रुपान्तरण गर्नुपर्ने र आधुनिक प्रकृतिका अपराध विकास भइरहेकाले त्यसको नियन्त्रण र चुनौतीको सामना गर्न सक्षम प्रहरी सङ्गठन निर्माण, स्वस्थ्य सामाजिक संस्कार र सभ्याताको विकासका लागि प्रहरी सङ्गठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उहाँले औँल्याउनुभयो । गृहसचिव पाण्डेले त्यसतर्फ दुवै महानिरीक्षकबाट ठोस उपलब्धिमूलक र देखिने काम हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सङ्गठनमा क्षमतावान् प्रतिस्पर्धी जनशक्ति भित्र्याउनका लागि सक्षम जनशक्ति विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गृहसचिव पाण्डेले सङ्गठनभित्रका आन्तरिक विकृति विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
गृहसचिव पाण्डेले सुरक्षाका लागि विकास र विकासका लागि सुरक्षा आवश्यक हुने भएकाले यी दुई विषय अन्तरसम्बन्धित रहेको र एकीकृतरुपमा अघि बढाउनुपर्ने सन्दर्भमा सँगसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गृहसचिव पाण्डेले प्रहरी सङ्गठनमा नेतृत्व गर्नसक्ने व्यक्तिलाई नै जिम्मेवारी दिनेगरी सरकारले व्यक्ति रोजेको जानकारी दिनुभयो । “परिपक्वताका हिसाबले सरकाले छनोट गरेको ज्येष्ठताको विषय हो, कार्य क्षमता र कार्यकुशलताको विषय नियमावलीमा बोलेको छ, सरकारलाई नवनियुक्त महानिरीक्षकमा कार्यकुशलता र क्षमता तुलनात्मकरुपमा राम्रो लाग्यो”, गृहसचिव पाण्डेले भन्नुभयो, “उत्तरदायित्व बहन गर्नसक्ने क्षमता र नेतृत्व प्रदान गर्नसक्ने कुशलता, प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्य उहाँहरुमा छ, यसलाई उहाँहरुले कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ ।”
समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक मर्यादाको परिधिभित्र रहेर काम गर्ने विश्वास दिलाउनुभयो । उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई उच्च व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्ने र कर्मचारीको वृत्तिविकास, साङ्गठनिक सुदृढीकरणमा जोड, थपिएका सुरक्षा चुनौतीको सामना गर्न तथा अपराधी नियन्त्रणमा गम्भीरतापूर्वक लाग्दै आम नागरिकमाथि नेपाल प्रहरीप्रतिको विश्वास अभिवृद्धितर्फ आगामी रणनीति केन्द्रित रहने जानकारी दिनुभयो ।
उहाँले हरेक साङ्गठिनक क्रियाकलापलाई पारदर्शीतापूर्ण गरी भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम राख्दै आपराधिक तत्वको क्रियाकलाप निमिट्यान्न पार्ने प्रतिबद्धता जनाउनुभयो । आफ्ना सहकर्मीलाई साथमा लिएर सङ्गठन सुधारमा लाग्ने र निकटमा आएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहति बनाउन प्रहरीको पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
समाराहेमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीको कार्यसम्पादनका सूचक र मानकलाई अझै माथि उठाउन मानव संशाधनको विकास, आधुनिक प्रविधिको विकास र नतिजामुखी नवीन कार्यशैलीको कार्यसम्पादनलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।
उहाँले शान्ति, सुशासन, विकास र समृद्धिका जनअपेक्षा पूरा गर्ने मूल उद्देश्यसहित गृहमन्त्रालयबाट अघि बढाइएको गृहप्रशासन सुधार योजनाअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । महानिरीक्षक अर्यालले स्थानीय तह निर्वाचनलाई प्राथमिकतामाथिको प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाउनुभयो ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक