
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापित र सत्तारुढ गठबन्धनका तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
स्थापितले रत्नपार्कस्थित शान्तिबाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
त्यस्तै, एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराउनुभयो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै, उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताउनुभयो । एमालेका तर्फबाट प्रमुख उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखलगायतका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् ।

सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उहाँले प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहनुभएको छ ।
उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिंहले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवावर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताउनुभयो ।
आजै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा