
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा देवी ज्ञवाली र समर्थक कृष्णभक्त पोखरेल रहेका छन् । यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको छ ।
नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।
यसैगरी, भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहनुभएको छ । दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको हो । ठूलो सङ्ख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो । दाहाल विसं २०७४ मा पनि नेपाली कांग्रेसको सहयोगमा महानगरको प्रमुख बन्नुभएको थियो ।
दाहालले प्रमुखमा उम्मेदवारी दिन केही दिनअघि सोे पदबाट राजीनामा दिनुभएको थियो । अधिकारी विसं २०७४ को निर्वाचनमा महानगरको वडा नं २१ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । अहिले उहाँ कांग्रेसको भरतपुर महानगर समितिका सभापति हुनुहुन्छ । गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर