
वासिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनले ग्रहण गर्नुभएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिकरुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत ओहोदाको प्रमाणपत्र पेश गरिएको थियो । सोहीबमोजिम राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ह्वाइट हाउसमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।
सो प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति वाइडेनले खत्रीलाई डिसीको कूटनीतिक समुदायमा स्वागत गर्नुका साथै आफ्नो सरकार दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध मजबुत पार्न इच्छुक रहेको बताउनुभएको दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खत्रीले प्रमाणपत्र पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनताको तर्फबाट राष्ट्रपति जो वाइडेनको सफल कार्यकाल र सुस्वास्थ्यको कामना गर्नुभएको थियो । साथै नेपालको विकासको लागि निरन्तर सहयोग गर्दै आएकामा राजदूत खत्रीले अमेरिकी जनता र अमेरिका सरकारलाई आभार व्यक्त गर्नुभयो ।
खत्रीले आगामी दिनमा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत र विस्तारित हुनेमा आफ्नो विश्वास रहेको पनि सो पत्रमार्फत उल्लेख गर्नुभएको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर