
पेरिस । फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ ।
प्रमुख प्रतिश्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहोर्याउनु भएको हो ।उहाँले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनु परेको थियो ।
दोस्रो चरणमा उहाँका प्रतिश्पर्धी पेनले ४१.४ प्रतिशत मत पाउनु भएको थियो । यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति माक्रोनले ६६.१ प्रतिशत मत ल्याउँदा प्रतिश्पर्धीले भने ३३.९ प्रतिशत मत पाएका थिए ।
राष्ट्रपति माक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरुको समेत राष्ट्रपति भएको उल्लेख गर्नु भएको छ । उहाँको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ ।
उहाँलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरुले फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि माक्रोनलाई बधाई दिनु भएको छ । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ ।
फ्रान्समा बितेको दुईदशकमा कोही पनि पुन: राष्ट्रपति हुन सकेका थिएनन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग