काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन प्रवासी नेपाली मन्च युकेले ताप्लेजुङ अग्नी पीडितका लागि संकलन गरेको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
नेकपा एमाले, ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा एमालेकी युरोप इन्चार्ज रामकुमारी झाँक्रीले मञ्चको तर्फबाट सो रकम उपमहासचिव घनश्याम भुसाललाई हस्तान्तरण गरेकी थिइन्। उपमहासचिव भुसालले सो रकम सम्पर्क मञ्चका अध्यक्ष अग्नी पौडेललाई हस्तान्तरण गरे ।
मञ्चले पीडितहरुको सहयोगका लागि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेको थियो। कार्यक्रममा मञ्चले सो रकम चाँडै पीडितहरुमा पुर्याउने जानकारी गराएको थियो।
कार्यक्रममा पार्टीकी युरोप इन्चार्ज झाँक्रीले मञ्चका अध्यक्ष रामशरण सिम्खडाको सक्रियतामा सो रकम संलग्न भएको जानकारी गराएकी थिइन्। कार्यक्रममा उपमहासचिव भुसालले प्रवासमा रहेर पनि देशभित्र दु:ख परेकाहरुलाई सहयोग गरेको भन्दै मञ्चलाई केन्द्रिय कमिटीको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा चैत्र ८ गते राति भएको आगलागीमा ३७ घर जलेको थियो भने २७ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य टंक कार्की, विजय गुरुङ, देवराज घिमिरे लगायतले बोलेका थिए। कार्यक्रममा अनेरास्ववियुले संकलन गरेको २५ हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते