काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा दुजाङ शेर्पा चयन भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा शेर्पालाई नियुक्त गरेका हुन् ।
यस्तै, अर्को भातृ संस्था नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा पर्वतका गुरुङलाई नियुक्त गरेका हुन् ।
दुवै भातृ संगठनको तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण