काठमाडौं। जाजरकोटमा मंगलबार साँझ दुई वटा भूकम्प जाँदा मध्यपश्चिमका जिल्लाहरुमा त्रासको अवस्था सिर्जना भएको छ।
भूकम्प मापन केन्द्रले धिमी गाविसलाई केन्द्रविन्दु बनाएर साँझ ७ बजेर ४७ मिनेटमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । त्यसको करिब आधा घण्टापछि सो क्षेत्र नजिकै करिब ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पको धक्काले कारण कर्णाली, भेरी र राप्ती अञ्चलका विभिन्न स्थानमा धक्का महसुश गरिएको छ । भूकम्पपछि त्रासको वातावरण छाएको छ । मानिसहरु घरबाट बाहिर निस्किएका छन्। भूकम्पले क्षति पुरयाएको जानकारी कतैबाट आएको छैन । भूकम्पको केन्द्रविन्दु पृथ्वीको सतहभन्दा करिब ४० किलोमिटर गहिराइमा रहेको अमेरिकाको जओलोजिक सर्भेले जनाएको छ। भूकम्पको केन्द्रविन्दु राजधानी काठमाडौंबाट ३ सय १४ किलोमिटर पश्चिम उत्तरमा पर्छ।
युरोएशिया र इन्डियन प्लेटको फल्टलाइनमा पर्ने नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते