बेइजिङ । अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ ।
युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उहाँहरुले भिडियो कुराकानी गर्नु भएको दुवै पक्षका अधिकारीले जनाएका छन् ।
वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताउनुभएको थियो ।
अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गर्नुभएको जनाइएको छ ।
राष्ट्रपति सिले अन्तर्राष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताउनुभएको थियो ।
उहाँहरुले रुस–यूक्रेन मामिला बाहेक अन्य विषयमा पनि छलफल गर्नुभएको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।
अमेरिका–चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् ।
गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उहाँहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान