विलिङ्टन । न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुल्ला गर्ने भएको छ ।
कोरोनाभाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।
त्यसैगरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सिमा नाका खुल्ला गर्नुपरेको अधिकारीले जनाएका छन् ।
अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो ।
स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११.५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्दा अर्डेर्नले बुधबार जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरुलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइने छ ।
न्युजिल्याण्डले दोस्रो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकहरुलाई प्रवेश खुल्ला गर्ने भएको हो ।
“कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न हामीले दुई वर्ष अगाडी सबैभन्दा सुरुमा लिएका निर्णयहरूमध्ये सिमा नाका बन्द गर्ने निर्णय पनि एक हो,” उहाँले भन्नुभयो ।
उहाँले अहिले धेरै देशमा महामारी निकै कम भएको, आफ्नो देशमा पनि नियन्त्रणमा आइसकेको र अधिकांश मानिसले खोप पनि लगाइसकेको भएकाले नाका बन्द गरिरहनु उचित नहुने ठानेर नाका खुल्ला गर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण