काठमाडौं । राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् ।
काठमाडौंको रामकोट नगरपालिका–६ स्थित एक घरमा सामूहिक विष सेवन गर्नेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने चार जना अचेत अवस्थामा रहेका छन् ।
अचेत अवस्थामा रहेका चार जनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताए ।
‘गएरातिको घटना हो । विष सेवन गर्ने पाँच जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । चार जनाको मनमोहन अस्पतालमा उपचार चलिरहेको छ । सबै अचेत अवस्था हुनुहुन्छ र स्वास्थ्य अवस्था गम्भिर छ,’ प्रवक्ता राठौरले भने ।
अचेत अवस्थामा रहेकाहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले जनाए । उपचार हुनेहरुमा इन्दिरामाया प्रधान, भिम प्रधान, मन्दिरा डंगोल र सुप्रेणा प्रधान रहेका छन् ।
काठमाडौंको डल्लुमा स्थायी ठेगाना भएका उनीहरु नागार्जुन नगरपालिका–६ रामकोटमा एक जनाको घरमा डेरागरी बस्दै आएका थिए । उनीहरुको कोठाबाट विषको बट्टा र सुसाइट नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।
सुसाइट नोटमा आर्थिक अवस्था बिग्रेका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ ।
‘घटनाका विषयमा अनुसन्धान चलिरहेको छ । अहिले यही हो भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता राठौरले भने ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा