लण्डन । ब्रुनाइको टुकर लेन्समा रहेको गोरखा सैनिकको क्याम्पको पुरुष शौचालयमा लुकेर सरसफाइ गर्ने महिलालाई यौन सम्बन्ध राख्न जबरजस्ती गरेको अभियोग लागेको एक सेवारत गोरखा सैनिकलाई सैनिक अदालतले दोषी ठहर गरेको छ ।
सेकेण्ड गोरखा राइफल्समा कार्यरत २६ वर्षीय गोरखा सैनिक ताराहाङ राईलाई बुलफोर्ड मिलिटरी कोर्ट, बिल्सायरले दोषी साबित गरेको हो ।
सरकारी वकिल विलियम पिटर्सका अनुसार घटना भएको दिन ती महिला र राईको पुरुष शौचालयमा तीनपटक जम्काभेट भएको थियो । दुई पटक राईले ती महिलालाई चुम्बनका लागि आग्रह गरेका थिए तर तेस्रोपटक राईले महिलालाई समातेर शौचालयभित्र लैजान जोड गरेका थिए। त्यसपछि महिलाले छोड्न पटकपटक आग्रह गर्दा पनि नछोडेका राईले महिलाले चिच्याउने धम्की दिएपछि भने छोडेका थिए ।
घटनापश्चात महिलाले आफ्नो म्यानेजरलाई सो घटना बताएकी थिइन् ।
राईले आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै आएका थिए । राईले महिलाले नै आफूलाई फेसबुकमा ‘क्युट’ लेखेको र उनलाई फेसबुकमा ब्लक गर्नु परेको बताएका थिए । महिलाले आफूबाट फाइदा लिन खोजेको तर आफूले नदिएपछि यौन दुर्ब्यवहारको आरोप लगाएको राईको भनाइ थियो ।
यद्यपि उनको भनाइलाई अदालतले अस्वीकार गरेको छ ।
राईलाई केही समयपछि सजायँ तोकिने छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा