काठमाडौं । चार देशीय ट्वान्टी २० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । दीपेन्द्रले पभेलियन फर्किनुअघि ३३ बलमा पाँच चौका प्रहार गरे । यसैगरि ओपनर आशिफ शेखले २९ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । पहिलो विकेटका लागि आशिफले ज्ञानेन्द्रसँग ६ ओभरमा ५३ रनको साझेदारी गर्दै सुरुवातलाई राम्रो बनाए पनि नेपालले त्यही लयलाई अन्तिमसम्म निरन्तरता दिन सकेन् ।
ज्ञानेन्द्रले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाए । यसबाहेक, राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका लोकेश बम ३३ रन बनाई आउट हुँदा सरद भेषावकर १० रनमा अविजित रहे । लोकेशले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरे । युएईका कासिफ दाउद र रोहन मुस्तफाले दुई विकेट लिँदा जुनैद सिद्दिकले एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रनको योगफल खडा गरेको थियो । युएईका ओपनर सुरीले अविजित सर्वाधिक ८४ रन बनाए । सुरीले ५३ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहन मुस्तफाले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ४९ रन बनाए । सुरी र मुस्तफाले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।
यसबाहेक युएईका मुहम्मद वसिमले २२, र वसिल हमेदले १७ रन र मोहम्मद बुटाले १४ जोडे । नेपालका कप्तान सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।
यसअघि नेपालले शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । शृंखलामा युएईको भने यो पहिलो खेल हो ।
नेपालले शृंखलाको अन्तिम खेलमा सोमबार आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । शृंखलाअन्तर्गत शनिबारै हुने अर्को खेलमा ओमानले आयरल्यान्डको सामान गर्दैछ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा