लण्डन । जनता समाजवादी पार्टी (जसपा) को बेलायतस्थित भातृ संगठन नेपाली समाज युकेको अध्यक्ष पदमा वर्तमान सहअध्यक्ष बसुन्धरा याक्खा राईले उम्मेदवारी घोषणा गरेकी छिन् ।
राईले एक अपील जारी गर्दै बेलायतमा पार्टीलाई नमुना बनाउनका लागि आफूले उम्मेदवारी दिने बताएकी छिन् । ‘नेपाली समाज युकेलाई युकेमा मात्र होइन जसपाभित्र नै उदाहरणीय बनाउनेछु’ उनले भनिन् ।
समाजको अधिवेसन फेब्रुअरी १३ मा हुँदैछ ।
वीनेपालीसित कुरा गर्दै उनले आफू निर्वाचित भएमा पार्टीको नीति समानुपातिक र समावेशी प्रतिनिधित्वलाई नेपाली समाज युकेभित्र अझै बलियोसँग स्थापित गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिन् । समाजभित्र जति समानुपातिक प्रतिनिधित्व र समावेशिता हुनुपर्ने थियो त्यति हुन नसकेको भन्दै उनले अल्पसंख्यक समुदाय र महिलाहरुलाई पार्टीमा गोलबन्द गर्न डट्ने बताइन् ।
पार्टीलाई बेलायतबाट आर्थिक, नैतिक सहयोगका साथै पार्टीले उठाएका कदमहरुमा ऐक्यवद्धता जनाउने उनको योजना छ । ‘प्रवासको शक्ति र महत्व नेपालका राजनीतिक पार्टीहरुलाई कति छ भन्ने नेपालका राजनीतिक पार्टीहरुले भर्खर थाहा पाउन थालेका छन्’ उनले भनिन् ।
बेलायतमा रहेका नेपालीहरु खासगरी आवाजविहीनहरु, पिछडिएका वर्ग र समुदायहरुको लागि आफूले आवाज उठाउने उनले बताइन् । ‘सक्षमहरुले त आफैँ बोल्न सकिहाल्छन् नि’ उनले थपिन् ।
सन् २०१२ मा स्थापना भएको तत्कालिन संघीय समाजको संस्थापक सदस्य रहेकी राई यसअघि सोही समाजको दुई कार्यकाल उपाध्यक्ष पनि रहिसकेकी छिन् । ‘नेपाली समाजमा सधैँ पछाडी बसेर सहयोग गर्न मात्र होइन नेतृत्व लिन पनि महिलाहरु सक्षम छन् भन्ने प्रमाणित गर्न पनि मैले उम्मेदवारी दिने निर्णय गरेकी हुँ’ उनले भनिन् ।
संखुवासभा जिल्ला चैनपुर नगरपालिका-८ चापाभैमा जन्मिएकी राई विद्यालय जीवनदेखि नै राजनीतिक गतिविधिमा सक्रिय थिइन । अनेरास्ववियुमार्फत राजनीतिमा होमिएकी राई २०३६ सालको झापा आन्दोलनमा पनि लागेकी थिइन् ।
वि.सं २०४२ सालमा मादी माध्यमिक विद्यालय मादीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे लगत्तै गोर्खा सैनिक खगेन्द्र याक्खा राईसँगको वैवाहिक बन्धनमा बाँधी उनी हङकङतर्फ प्रस्थान गरिन् । विदेशको नयाँ अनुभव बटुल्दै स्वदेश फर्किएपछि उनले उच्च शिक्षालाई अघि बढाइन् र पद्मकन्या क्याम्पस बागबजारबाट वि.सं. २०५१ सालमा प्रमाणपत्र तह उत्तीर्ण गरिन् ।
हाल साउथ ह्यारो लन्डनमा बसोबास गर्दै आएकी राई नेपाल तथा बेलायतका विभिन्न सामाजिक संघसस्थामा संलग्न छिन्। उनी किरात याक्खा छुम्मा, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), नेपाल आदिवासी जनजाति महासङ्घ, गैरआवासीय नेपाली सघ युकेमा कार्यसमितिमा रहेर काम गरिसकेकी छिन् । यस्तै, संखुवासभा समाज युकेको अध्यक्ष, नेपाली महिला युकेको वर्तमान अध्यक्ष रहेकी छिन्।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’