काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समय अभावको कारण जेठ १५ भित्र नयाँ संविधान आउनु संभवना निकै कम भएको बताएका छन्। ओलीले संविधान लेखन प्रक्रिया भएको भन्दै २०७२ सालभित्र यो कार्यले पूर्णता पाउने बताएका छन्।
बालकोटस्थित उनकै निवासमा आयोजित एक कार्यक्रमयमा एमाले अध्यक्षले भने, ‘जेठ १५ मै नयाँ संविधान आउन कठिन छ तर यो कार्य यो वर्षअघिनै सकिने छ।’
यसअघि पनि प्रमुख राजनीतिक दलहरुले माघ ८ गते नयाँ संविधान जारी गर्ने मिति गुजारेका थिए। विवादको प्रमुख विषयको रुपमा रहेको संघियताबारे दलहरुबीच विवाद अहिले पनि कायम नै छ। पछिल्लो समयमा दलहरुले गणतन्त्र दिवसको दिन अर्थात जेठ १५ गते संविधान जारी गर्ने गरी तयारी भैरहेको बताउदै आएका थिए। ओलीले संविधानसभा कार्यविधि निकै लामो भएकाले प्रक्रियालाई लामो बनाएको बताए । सत्तारुढ दलहरुले सात प्रदेशको संघियता मोडल अघि सारेका छन् भने एकीकृत नेकपा माओवादीले बहुपहिचानसहित नाम दिने हो भने ६ र प्रदेशिक सभालाई नै नाम राख्ने गरी जाने हो भने ८ प्रदेशको मोडलमा जाने सकिने विकल्प अघि सारेको छ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा