काठमाडौं। बागलुङ क्षेत्र नं १ मा सम्पन्न संविधानसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्का विजयी भएकी छन्। खड्का नेकपा एमालेकी मनकुमारी केसीलाई २ हजार ८६ मत अन्तरले पछि पार्दै निर्वाचित भएकी हुन्।
खड्काले १७ हजार १ सय ५४ मत पाइन् भने केसीले १५ हजार ६८ मत पाएकी छन् । एमाओवादीका कृष्णबहादुर केसीले २ हजार ५ सय ५ मत पाए। माओवादीका केसीसहित सबै उम्मेदवारको जमानत जफत भएको छ।
नेपाली कांग्रेसका तत्कालीन सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि शनिबार उपनिर्वाचन भएको थियो । चम्पादेवी दिवंगत हरिबहादुकी पत्नी हुन् ।
विजयी खड्कालाई मुख्य निर्वाचन अधिकृत हरिप्रसाद जोशीले प्रमाणपत्र प्रदान गरेका छन् । सो अवसरमा नवनिर्वाचित खड्काले जनताले दिएको मतको उच्च सम्मान गर्दै संविधान निर्माण र विकास निर्माणमा लागिपर्ने प्रतिबद्धता जनाइन् । ‘समाजमा पछि परेका महिलाको हतहितको पक्षमा आवाज उठाउनेछु,’ खड्काले भनिन्, ‘मेरा पतिले सुरु गरेर पूरा नभएका योजना पनि मेरो प्राथमिकतामा छन् ।’
गत निर्वाचनमा एमाओवादीले ६ हजार ३ मत ल्याएको थियो । यसपटक एमाओवादी उमेदवारको जमानत जफत भएको छ । उपनिर्वाचनमा ५२ हजार २ सय २ मतदाता रहेकोमा ३८ हजार २ सय ९० मत खसेको थियो ।
निर्वाचनमा १० राजनीतिक दल र ३ स्वतन्त्र गरी १३ उम्मेदवार मैदानमा थिए । राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकीले १ हजार ९ सय ४९ मत, नेकपा मालेका कुलबहादुर किसानले ४ सय ४४ मत ल्याएका छन् । राप्रपा नेपालका नवीनचन्द्र सर्वुजाले २ सय ६५, संघीय समाजवादी पार्टी नेपालका रेशम थापा मगरले २ सय ४४, नेपाल परिवार दलका बाबुराम शर्माले ३५, राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुनले ६०, राष्ट्रवादी एकता पार्टीका क्षेत्रबहादुर थापाले २५ मत तथा स्वतन्त्रतर्फ सरस्वती पन्तले २ सय ६, तुलसी थापाले ३४ र नैनकुमारी केसीले ५९ मत प्राप्त गरेका छन् ।
विद्युतीय मतदान गरिएकाले आइतबार करिब ११ बजे सुरु भएको मतगणना ६ बजे सकिएको थियो ।
गत वर्ष मंसिर ४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका खड्काले १३ हजार ५ सय मत पाएका थिए भने एमालेका हीराबहादुर खत्रीले ११ हजार ९ सय ६३ मत पाएका थिए । तेस्रो स्थानमा रहेका एमाओवादीका कृष्णबहादुर केसीले ६ हजार ३ मत पाएका थिए ।
चम्पादेवी खड्का २०२१ साल असोज २८ गते जिल्लाको पैयुँपाटा गाविस वडा नं ९ मा जन्मिएकी हुन् । २०३८ सालमा त्रिभुवन मावि पैयुँपाटाबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भई जिल्ला दोस्रो भएकी खड्काको २०३८ फागुन २८ मा हरिबहादुरसँग विवाह भएको थियो । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध खड्का पतिको मृत्युपछि राजनीतिमा सक्रिय भएकी हुन् । उनका दुई छोरा छन् ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान