लण्डन । इङ्ल्याण्डबाट आजबाट फेरि मास्क लगाउनु पर्ने भएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले इङल्याण्डका विभिन्न स्थानहरुमा मास्क लगाउनु पर्ने नियम बनाएको छ । सो नियम आज बिहान ४ बजेदेखि लागू भएको छ ।
सरकारका अनुसार यसरी मास्क लगाउनु पर्ने स्थानहरुमा पसलहरु, सुपरस्टोरहरु, सपिङ सेन्टरहरु, अक्सन हाउसहरु, पोष्ट अफिस, बैँक, बिल्डिङ सोसाइटी, क्रेडिट युनियनहरु, छोटो समयका लागि ऋण प्रवाह गर्ने संस्थाहरु, वचत गर्ने संस्थाहरु रहेका छन् । यस्तै स्टेट एजेन्ट, लेटिङ एजेन्ट, बार्बर, ब्यूटी सैलुन, ट्याटू पार्लर, मसाज केन्द्र, नेल सैलुन आदिमा जाँदा मास्क अनिवार्य लगाउनु पर्नेछ ।
मास्क लगाउनै पर्ने अन्य स्थानहरुमा ओखती पसलहरु, पशुलाई उपचार गर्ने स्थानहरु, ग्यालरीहरु, ट्राभल एजेन्टको कार्यालय, पर्याप्त खुला ठाउँ नभएका खाना वा पेय पदार्थ घर लैजाने स्थानहरु रहेका छन् । यसैगरी, सार्वजनिक सवारीसाधनहरु जस्तै हवाइजहाज, रेल, ट्राम, बस, ट्याक्सी, भाडाका ट्याक्सीमा चढ्दा पनि मास्क लगाउनु पर्नेछ ।
कार, भ्यान वा ठूला ट्रकहरु चलाउन सिक्दा वा ती साधनहरु चलाउनका लागि दिइने जाँच आदिमा पनि मास्क लगाउनु पर्नेछ ।
सरकारले मास्क लगाएको नलगाएको अनुगमन गर्ने र नलगाएको पाइएमा पहिलोपटक २०० पाउण्ड जरिवाना गर्न सक्नेछ । पटकपटक नियम उल्लंघन गरेमा सो जरिवाना बढीमा ६ हजार ४०० पाउण्डसम्म पुग्न सक्ने छ । तर विभिन्न स्वास्थ्यका कारणले मास्क नलाउँदा भने जरिवाना तिर्न पर्ने छैन।
इङल्याण्डमा यसअघि पनि मास्क लगाउन पर्ने नियम लागू भएको थियो जुन जुलाई १९ सम्म कायम थियो।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम