काठमाडौं। बेलायती राजगद्दीका दोस्रो उत्तराधिकारी युवराज विलियम र युवराज्ञी केटले नेपाल भ्रमण गर्ने इच्छा देखाएका छन्। बेलायती सेनामा कार्यरत गोर्खासँग प्रभावित युवराज विलियमले नेपाल बेलायत कूटनीतिक सम्बन्धको दुईसय बर्षगाँठको अवसरमा पुरानो मित्र मुलुक नेपाल आउने इच्छा देखाएको कान्तिपुर दैनिकले समाचार छापेको छ।
बकिङ्घम दरबारले कसैको नाम नकिटी राजपरिवारको सदस्यले नेपाल भ्रमण गर्ने भन्दै त्यसको तारतम्य मिलाउन आफ्नो विदेशमन्त्रालयसँग भनेपछि यसको प्रारम्भिक प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो। नेपालको सबभन्दा पुरानो मित्र मुलुक बेलायतका युवराज विलियम र युवराज्ञी केट मिडलटन नेपाल आउने तारतम्य मिलाउन दुवै सरकार लागि परेका छन्। भ्रमणको तयारी प्रारम्भिक चरणमा रहेको भन्दै उनीहरुको भ्रमण ६ महिनापछि हुने अनुमान गरिएको छ। विलियम र केट नेपाल आउन संभव नभए उनका भाइ राजकुमार ह्यारी नेपाल आउने बताइएको छ।
परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले पनि नेपाल र बेलायत कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेकाले बेलायतबाट उच्चस्तरीय भ्रमणको अपेक्षा गरेको बताएका छन्। काठमाडौं स्थित बेलायती दूतावास र परराष्ट्रमन्त्रालयले तयारी कार्य अघि बढाएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते