लण्डन । युरोपमा जाडो याम बढ्दै जाँदा कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएको छ भने विभिन्न मुलुकहरुले कोभिड संक्रमणलाई नियन्त्रण गर्नका लागि विभिन्न प्रावधानहरु लागू गर्न थालेका छन् ।
बिहीबार मात्र जर्मनीमा ६५ हजार ३७१ जना संक्रमित भेटिएका छन् भने बेलायतमा ४६ हजार ८०७ जना संक्रमित फेला परेका छन् ।
जर्मनीमा आजै पत्रकार सम्मेलन गर्दै चान्सलर एन्जेला मर्केलले भनेकी छिन्, ”हामीहरु गम्भीर संकटतर्फ गइरहेका छौँ । यदि हामीले कोभिड नियन्त्रण गर्न कुनै उपाय नअपनाउने हो भने सबैभन्दा नराम्रो क्रिसमस हुनेछ ।”
जर्मनीमा क्लव, बार, ठूला कार्यक्रमहरुमा नियन्त्रण गर्नका लागि छलफल भएको छ भने सिनेमा, रेष्टुरेन्ट र बारहरुमा खोप नलाएका मानिसहरुलाई प्रवेशमा नियन्त्रण गर्न शुरु गरिएको छ ।
उता बेल्जियममा मास्क लगाउन अनिवार्य गरिएको छ भने सातामा चार दिन मात्र काम गर्न थालिएको छ । मानिसहरुले कफी पसल, रेष्टुरेन्ट र नाइट क्लवमा प्रवेश गर्न खोप लगाएको प्रमाणको साथै कोभिड जाँचमा नेगेटिभ आएको देखाउनु पर्ने भएको छ ।
उता नेदरल्याण्डसमा पनि गत सातादेखि नै आंशिक लकडाउन गर्न शुरु गरिसकिएको छ भने विद्यालय पनि आंशिक बन्द गरिएको छ । खोप नलगाएका मानिसहरुलाई घरभित्र हुने कार्यक्रमहरुमा प्रवेश नदिने प्रस्ताव त्यहाँको सरकारले ल्याएको छ ।
उता चेक रिपब्लिक र ग्रीसमा पनि सोमबारदेखि खोप नलगाएका मानिसहरुलाई रेस्टुरेन्ट, सिनेामा र जिमहरुमा प्रवेश निषेध गरिएको छ ।
स्वीडेनमा खोप लगाएका मानिसहरुलाई मात्र घरभित्र हुने कार्यक्रमहरुमा प्रवेश दिन थालिएको छ भने त्यस्ता कार्यक्रमहरुमा बढीमा १०० जना मात्र सहभागी हुन पाउने नियम बनाइएको छ ।
स्लोभाकियामा खोप नलगाएका मानिसहरुलाई सोमबारदेखि लकडाउन लागू गरिएको छ । पछिल्ला ६ महिनामा कोभिड संक्रमण भएका र पूरा डोज खोप लगाएकालाई मात्र रेस्टुराँ, सपिङ मल र सार्वजनिक कार्यक्रममा जान पाउने नियम बनाइएको छ ।
अष्ट्रियामा पनि खोप नलगाएका मानिसहरुलाई लकडाउन लागू गरिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार